२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा 

अ+ अ-

काठमाडौँ । इंग्लिस क्लब लिभरपुल युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिभरपुलले बिहीबार राति भएको खेलमा चेक रिपब्लिकको स्पार्टा प्रागलाई दोस्रो लेगमा ६-१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो लेगमा ५-१ को जित निकालेको लिभरपुलले समग्रमा ११-२ को अन्तरको जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउन सफल भयो ।

बिहीबार राति कोडी म्याथेजले २ गोल गर्दा ग्याब्रिएल नुनेज, बोबी कलार्क, मोहमद सलाह र डामोकिन स्जोबोस्जले एक एक गोल गरेका थिए । स्पार्टाका लागि बेल्जेको विरमानसेविकले एक गोल फर्काए ।

युरोपा लिगको अर्को खेलमा मार्सेलीले भिल्लारियलसँग पराजित भएको छ ।

बिहीबार रातिको खेलमा भिल्लारियल ३-१ ले विजयी हुँदा समग्रमा पहिलो लेगेको नतिजाका आधारमा मार्सेली ५-३ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो । यस्तै, रेन्जर्सविरुद्ध १-० को जित निकालेको बेनफिका समग्रमा ३-२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको छ । 

त्यसैगरी वेस्टह्याम युनाइटेडले पनि अन्तिम आठमा स्थान पक्का गरेको छ । बेस्टह्यामले फेरिबर्गलाई ५-० गोल अन्तरले पराजित गर्दा सम्रगमा ५-१ को नतिजा निकाल्न सफल भयो ।दोस्रो लेगमा साल्भिया प्रागविरुद्ध ३-१ को जित निकालेको एसी मिलानले समग्रमा ७-१ को नतिजा आत्मसाथ गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राइटनले रोमालाई १-० ले पराजित गरे पछि ब्राइटन राउन्ड अफ सिक्सटीनमै रोकिन पुग्यो । रोमाले पहिलो लेगमा ४-० को जित निकालेकाले अन्ततः रोमा नै ४-१ को नतिजाका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो ।

त्यसैगरी एटलान्टाले स्पोर्टिङलिस्बनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । पहिलो र दोस्रो लेगको आधारमा एटलान्टा ३-२ को जितका साथ अन्तिम आठमा प्रवेश पाउन सफल भयो । यसैगरी लिभरकुसेनले क्वारबार्गसँग २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३-२ को जित निकालेको थियो । यो जितसँगै समग्रमा ५-४ को नतिजाका साथ लिभरकुसेन अन्तिम आठमा स्थान पाउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस