दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

तनहुँको बन्दीपुर नगरपालिका-५ घर भइ हाल काठमाडौँको मैतीदेवी बस्ने विष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक-पटक गरी दुई लाख ५० हजार रुपैयाँ लिएका थिए ।

त्यसपछि उनी फरार भएका थिए । कुमालले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भण्डारीले बिहीबार पक्राउ गरेको हो । उनलाई बत्तीसपुतलीबाट पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस