राजनीतिक दल सम्बन्धी ऐन संशोधन हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजनीतिक दल सम्बन्धी ऐन संशोधन हुँदै


१ चैत्र २०८०, बिहिबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले ‘राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ ।

आयोगले  ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ लाई संशोधन एवं परिमार्जन गर्नको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा ‘राजनीतिक दल सम्बन्धी ऐन संशोधन निर्देशन समिति’ गठन गरेको हो ।

उक्त समितिले संशोधन परिमार्जन गर्नुपर्ने विषयमा राजनीतिक दल र अन्य सरोकारवालासँग अन्तरक्रिया, छलफलसमेतका कार्यक्रम गर्ने आयोगको भनाई छ । 

संशोधन मस्यौदा तयार गर्नका लागि आयोगका सचिवको संयोजकत्वमा ‘राजनीतिक दल सम्बन्धी ऐन संशोधन तर्जुमा समिति’ गठन गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस