रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो ।

मृत्यु हुनेहरूमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।

सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो । योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २२ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस