डकेन्द्रसिंह थेगिमलाई इलाम-२ मा पहिचानवादीहरूको साझा उम्मेदवार घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डकेन्द्रसिंह थेगिमलाई इलाम-२ मा पहिचानवादीहरूको साझा उम्मेदवार घोषणा


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा पहिचानवादीहरूले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् ।

‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आउनुभएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको सार्वजनिक गर्दछौं, ‘समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस