वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने युवराज ज्ञवालीको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने युवराज ज्ञवालीको दाबी


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो गठबन्धन बीचमा नटुट्ने दाबी गरेका हुन् ।

‘हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले-काँग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन’, उनले भने,’तर त्यो सम्भावना छैन, काँग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।’

अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिस्ट एकता पनि हुनसक्ने उनले बताए । एकताका लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उनको भनाइ छ । देशको आवश्यकताअनुसार यो मोर्चा बनेकोसमेत उनले बताए । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

मुलुकमा अब दुई विचारधाराबीच नै प्रतिस्पर्धा हुनेसमेत ज्ञवालीको भनाइ छ । उनका अनुसार अब पुँजीवादी र समाजवादी विचारधाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुन्छ ।

उपाध्यक्ष ज्ञवालीले मुलुकमा राजनीतिक क्रान्ति भएको भन्दै अब आर्थिक, सामाजिक र संस्कृति रूपमा क्रान्ति हुनु आवश्यक रहेको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस