इन्जिनियर तथा कार्यालय प्रमुख पाण्डेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्जिनियर तथा कार्यालय प्रमुख पाण्डेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर देवीप्रसाद पाण्डेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रकम हिनामिना गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर तथा कार्यालय प्रमुख पाण्डेसहित सातजनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

उनीहरूले १४ लाख १७ हजार ९३५ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेशसिंह कठायत, सव–इन्जिनियर भीमबहादुर रोकाया, असिस्टेन्ट सव–इन्जिनियर सर्जन शाही र सिड्डीखोला फुकलछडा जल–उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाही रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस