काठमाडौँ । फैसलापछि फरार रहेका ८७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फागुन १ गतेयता कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ८० जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूबाट १९ वर्ष २ महिना २८ दिन कैद सजाय र ५७ लाख ६७ हजार ८९५ जरिवाना असुल गर्नको लागि अदालतमा उपस्थित गराइएको कास्कीका प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा सबै भन्दा धेरै चेक अनादर मुद्दामा ४१ जना र अभद्र व्यवहार मुद्दामा १२ जना छन् ।