स्वर्णिम वाग्लेले भने-रोजेरै मन्त्रालय लिएका छौँ, काम गर्न नसके आफैँ बाहिरिन्छौँ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वर्णिम वाग्लेले भने-रोजेरै मन्त्रालय लिएका छौँ, काम गर्न नसके आफैँ बाहिरिन्छौँ


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै वाग्लेले यसपटक सरकारमा रोजेरै मन्त्रालय लिएको र काम गरेर देखाउने बताए ।

‘हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएको होइन, हाम्रो प्रवेश सशर्त छ, हामी काम गर्न आएका हौँ, काम देखाउन आएका हौँ’, उनले भने, ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौँ, प्रश्न गर्‍यौँ । अब सरकारबाट डेलिभर गर्न सकिन्छ कि भनेर आएका छौँ ।’

वाग्लेले अगाडि भने, ‘सुशासन र युवाकेन्द्रित मन्त्रालयहरू रोजेरै लिएका छौँ, गर्न नसकेका दिन आफैँ बाहिरिन्छौँ, प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौ, उहाँले हामीलाई गलहत्त्याउन पर्दैन ।’

रास्वपालाई अहिले नै सरकारमा नगएको भए हुन्थ्यो, पुराना दलहरूसँग सहकार्य नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको भन्दै उपसभापति वाग्लेले राजनीतिमा अनुभव र नयाँपन दुबैथरिको उत्तिकै महत्त्व हुने जवाफ दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस