काँग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन : महामन्त्री शर्मा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन : महामन्त्री शर्मा


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोसीमा माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार पराजय हुँदा काँग्रेसले आफ्नै उम्मेदवार पराजय भएको महसुस गरेको भएपनि माओवादी गठबन्धन गरेको बेला हँसिया हतौडामा भोट हालेको बिर्सिएको आरोप लगाए ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले महासमिति बैठकमा प्रस्तुत प्रस्तावको विषयलाई मुख्य दोष लगाएको उल्लेख गर्दै नेपाली काँग्रेसले डकुमेन्ट समयअनुसार लेखेको बताए ।

उनले भने,‘काँग्रेसले आफ्नो डकुमेन्ट समय अनुसार लेख्छ । नेपाली जनता, नेपाली काँग्रेसलाई सोधेर लेख्छ । नेपाली काँग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन । त्यसैले यो डकुमेन्टको अवस्थामा चित्त बुझाउनुपर्ने अवस्था छैन ।’ हिन्दु धर्म, राजतन्त्र फिर्ता र यो व्यवस्थाविरुद्ध बोल्ने पार्टीसँग टाउको जोडेर हिँड्दा प्रतिगमन भएन भन्दै शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरे ।

शर्माले नेपाली काँग्रेसले संविधान निर्माणको नेतृत्व र व्यवस्था लागु गरि १२ बुँदे सहमति गरेको उल्लेख गर्दै प्रधानमन्त्री नै अस्थिरताको जड रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस