ओलीको प्रष्टीकरण : नयाँ गठबन्धन चीनले होइन, हामीले बनाएका हौँ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओलीको प्रष्टीकरण : नयाँ गठबन्धन चीनले होइन, हामीले बनाएका हौँ


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन चीनले नभई आफूहरूले नबनाएको स्पष्टीकरण दिएका छन् ।

मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो गठबन्धन आफूहरूले बनाएको भन्दै जस पनि आफूलाई नै दिन आग्रह गरेका हुन् ।

‘यो परिवर्तन हामीले गरेको/गराएको हो, कमसेकम यति जस त हामीलाई दिनुस्’ उनले भने, ‘कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदिएको रे ! चीन आयो रे ! चीन घुस्यो रे ! यस्तो खालको कुरा नगरे हुन्छ ।’

उनले अगाडि भने, ‘यत्रो मिहिनेत गरेर बनाइएको छ । यति त जस त दिनुस् ।’ सरकारमा जाने हतारोले नभई देशको बर्बादी टुलुटुलु हरेर बस्न नसकेर गठबन्धन बनाएको उनको तर्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस