राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एसलाई दिने सहमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एसलाई दिने सहमति


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई दिन नेकपा एमाले सहमत भएको छ। उच्च स्रोतका अनुसार आज बिहान भएको छलफलमा एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष दिन सहमत भएको हो।

तीन नेताहरुबीच भएको छलफलपछि नयाँ बानेश्वरमा सत्ता साझेदार दलहरुबीच नयाँ समझदारी पत्रमा हस्ताक्षर भएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको पुर्नगठित सरकारलाई सुदृढ र सफल पार्ने लक्ष्यका साथ मंगलबार सात बूँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गर्नेहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्।

Tags :
प्रतिक्रिया दिनुहोस