नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

मंगलबार बोलाइएको राष्ट्रिय सभा बैठकमा उनले माओवादी केन्द्रका सांसद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्। सांसद आछामीले २०२७ सालदेखि नेपालको राजनीतिक क्रियाशील रहेका दाहाललाई समर्थन गरी मतदान गरिदिनु हुन अनुरोध गरेका छन्।

उनले भने, ‘राजनीतिक आन्दोलनको लामो इतिहास छ। २०२७ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी भएर उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको छ। २०३१ सालबाट पार्टी राजनीतिक सुरु गर्नुभयो।’

यसअघि नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले पार्टीको तर्फबाट युवराज शर्मालाई सो पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस