इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । सोमबार राति भएको खेलमा चेल्सीले न्युक्यास युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक लिएको हो । 

चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर र मिखाइलो मुड्रिचले एक एक गोल गर्दा न्युक्यासलका एलेक्सान्दर इसाक र ज्याकोब मर्फीले एक एक गोल गरेका थिए ।

छैटौं मिनेटमा निकोलस ज्याक्सनले कोल पाल्मेरको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, ४३ औं मिनेटमा एलेक्सान्दर इसाकले ब्रुनो गुइमारेसको पासमा गोल गरेपछि न्युक्यासलले पहिलो हाफ बराबरीमा टुङ्ग्याएको थियो ।

५७ औं मिनेटमा कोल पाल्मेरले एन्जो फर्नान्डेसको पासमा गोल गर्दै चेल्सीलाई २-१ ले अघि बढाए । यस्तै ७६ औं मिनेट मिखाइल मुड्रिचले गोल गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाए । दोस्रो हाफको अन्तिम समयमा ज्याकोब मर्फीले न्युक्यासलका लागि गोल गर्दै अन्तर ३-२ मा झारेका थिए । त्यसपछि थप गोल नभएपछि अन्ततः चेल्सी ३-२ को नतिजाका साथ जित निकाल्न सफल भयो । 

प्रिमियर लिगमा जित निकालेको चेल्सी २७ खेलमा ३९ अंक बनाउँदै तालिकाको ११ औं स्थानमा रहेको छ भने पराजित भएको न्युक्यासल युनाइटेड २८ खेलबाट ४० अंकका साथ दशौं स्थानमा छ । 

प्रिमियर लिगमा आर्सनल र लिभरपुल समान ६४ अंकका साथ शीर्ष २ मा रहेको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस