नेपालले पपुवा न्युगिनीविरुद्ध पहिले ब्याटिङ गर्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालले पपुवा न्युगिनीविरुद्ध पहिले ब्याटिङ गर्दै


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ  । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ ।

पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ ।

पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ । अभिनाश बोहराको स्थानमा आकाश चन्द खेलेका छन् । अभिनाश बिरामी भएका छन् । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी

बेन्च : राशिद खान, सागर ढकाल र अभिनाश बोहरा ।

Tags :
प्रतिक्रिया दिनुहोस