डा. शशांक कोइरालाको टिप्पणी : माओवादीले सधैँ धोकाको राजनीति गर्छ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

डा. शशांक कोइरालाको टिप्पणी : माओवादीले सधैँ धोकाको राजनीति गर्छ


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सधैँ धोकाधडीको राजनीति गरेको टिप्पणी गरेका छन् । ‘प्रचण्ड’ले र उनको पार्टी नेकपा माओवादी केन्द्रले सधैँ धोकाधडीको राजनीति गर्दै आएको उनको टिप्पणी छ ।

उनले दाहालले काँग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए पनि त्यो गठबन्धन सरकारको भविष्य लामो नरहेको दाबी गरे ।

सोमबार पिठौलीमा प्रजातन्त्र सेनानी एवम् काँग्रेस नेता कुमबहादुर गुंगको शोक सभामा बोल्दै नेता कोइरालाले माओवादी र त्यसका अध्यक्ष दाहालले सधैँ धोका दिएको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस