बैंकहरुले राष्ट्र बैंकमा राखे ५ खर्ब ३१ अर्ब निक्षेप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैंकहरुले राष्ट्र बैंकमा राखे ५ खर्ब ३१ अर्ब निक्षेप


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले फागुन महिनामा मात्रै नेपाल राष्ट्र बैंकमा ५ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप राखेका छन् ।

राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाले सो रकम राखेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले सो निक्षेप राख्न बोलकबोल गर्नुपर्दैन ।

यसअघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले फागुन देखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप राख्न पाउने व्यवस्था छ । सो व्यवस्थाअनुसार बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिरहेको छ । सस्तो ब्याजदर हुँदासमेत कर्जा लगानी विस्तार हुन सकेको छैन । महँगो ब्याजदर लिएर राखेको पैसा बैंकहरुले सस्तो ब्याजदरमा केन्द्रीय बैंकमा राख्न बाध्य भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस