राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे मनोनयन दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले गरे मनोनयन दर्ता


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र काँग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् ।

दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाका संयुक्त उम्मेदवार हुन् । सत्ता गठबन्धनबीच फागुन २१ मा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ ।

त्यस्तै काँग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको हो। काँग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी काँग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर, माओवादीसँगको गठबन्धन टुटेपछि काँग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस