२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा गोल्ड कप: उपाधिका लागि चर्च ब्वाइज र एपिएफ क्लबबीच प्रतिस्पर्धा 

अ+ अ-

काठमाडौँ । छैटौँ संस्करणको झापा गोल्ड कपको उपाधिका लागि आज गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।

खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदै छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा-११ लाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

यता,पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १-० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। 

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपिएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पहिलो पटक गोल्ड कपमा सहभागी भएको हो । चर्च ब्वाइजले प्रतियोगिताको पहिलो सहभागीतामै फाइनलमा पुग्न सफल भएको छ ।

प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  यस्तै, प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैयाँ विधागत पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।