राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते मंगलबार हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । यसअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्तावसहित काँग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

तर तत्कालीन गठबन्धन टुटेपछि काँग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा शर्मालाई अघि सारेको हो । ७४ वर्षीय शर्मा बाँकेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस