दुर्गा प्रसाईँको रिटलाई सर्वोच्चले दियो अग्राधिकार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुर्गा प्रसाईँको रिटलाई सर्वोच्चले दियो अग्राधिकार


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँको रिटलाई अग्राधिकार दिएको छ । मेडिकल कलेज खोल्न आशयपत्र दिएर पनि सम्बन्धन नदिएको दाबीसहित व्यवसायी प्रसाईँले दायर गरेको रिटलाई सर्वोच्चले प्राथमिकतामा राख्न आदेश दिएको हो ।

न्यायाधीशहरू कुमार रेग्मी र विनोद शर्माको इजलासले रिट निवेदनको विषयवस्तुको गम्भीरता र संवेदनशीलता हेर्दा छुटो टुङ्ग्याउनुपर्ने प्रकृतिको देखिएको भन्दै अग्राधिकार दिने आदेश दिएको हो ।

सर्वोच्चले मेडिकल कलेजको सम्बन्धन जोडिएको यो रिटलाई अग्राधिकार दिएर ४ चैतमा पेशी तोक्न आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस