नेपालीले विदेशमा खर्च गरे १ खर्ब ४ अर्ब « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपालीले विदेशमा खर्च गरे १ खर्ब ४ अर्ब


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । शिक्षा र भ्रमणका लागि नेपालीले चालु आर्थिक वर्ष (आव) सात महिनाभित्र विदेशमा १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव साउनदेखि माघ मसान्तसम्म नेपालीले विदेशमा उक्त परिमाण बराबर रकम खर्च गरेका हुन् ।

त्यसमध्ये ६६ अर्ब ६४ करोड रुपैयाँ शिक्षामा खर्च भएको छ । गत वर्षको तुलनामा सेवा खातातर्फको व्यय ४९.९ प्रतिशतले बढेको हो ।

गत वर्ष शिक्षामा सात महिनामा ४३ अर्ब रुपैयाँ मात्र बिदेसिएको थियो । त्यसबेला भ्रमण र शिक्षामा सात महिनामा मात्र ६९ अर्ब ८९ करोड रुपैयाँ बिदेसिएको राष्ट्र बैंकले जनाएको छ ।

उता, नेपालमा पर्यटकबाट हुने आम्दानी भने सात महिनामा ४५ अर्ब ४० करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.५ प्रतिशत धेरै हो । त्यसबेला पर्यटकले ३१ अर्ब ४१ करोड खर्च गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस