नवनियुक्त वनमन्त्री साहले तोके प्रदेशसँग समन्वय गर्ने सात सहसचिव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नवनियुक्त वनमन्त्री साहले तोके प्रदेशसँग समन्वय गर्ने सात सहसचिव


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले प्रदेशसँग समन्वय गर्ने सहसचिव तोकेका छन् । 

आज पद बहाली गर्दै मन्त्री सुडीले संघीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

उक्त निर्णयानुसार संघीय वन मन्त्रालयका सहसचिवहरू बद्रीराज ढुंगानालाई (कोशी प्रदेश), नवराज पुडासैनीलाई (मधेश प्रदेश), राजेन्द्र केसीलाई (बागमती प्रदेश), डा. महेश्वर ढकाललाई (गण्डकी प्रदेश), डा. बुद्धिसागर पौडेललाई (लुम्बिनी प्रदेश), मोहनदेव जोशीलाई (कर्णाली प्रदेश) र शिवकुमार वाग्लेलाई (सुदूरपश्चिम प्रदेश) समन्वय अधिकृत तोकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

मन्त्री सुडी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सालमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस