प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

भ्रष्टाचारको अभियोगमा होत्तरीको सम्सी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारी, पूर्वअध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो । 

गाउँपालिकाको वडा नम्बर-६ मा आर्थिक वर्ष २०७७-०७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्यांकन गराएर अनियमितता गरेको अख्तियारले जनाएको छ ।

नक्कली नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको, साथै प्रतिवादी ओमकुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ४ लाख ३ हजार ५८१ रकम भुक्तानी दिएको भन्दै गैरकानूनी कार्य गरेको पाइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस