राष्ट्रिय सभा काँग्रेस संसदीय दलको नेतामा सिटौला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय सभा काँग्रेस संसदीय दलको नेतामा सिटौला


२६ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् । 

काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेका हुन् । 

काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस