२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण

अ+ अ-

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीन बसोबास गर्दै आएकालाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा  दलित र भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्ने घर परिवारलाई  निस्सा वितरण गरेको हो ।

मिक्वखोला गाउँपालिका-१ र २ मा आठ-आठ जनालाई निस्सा वितरण गरिएको छ । भने ३ नम्बर वडामा दुई जना,  ४ नम्बर वडा पाँच जना र ५ नम्बर वडामा दुई जनालाई निस्सा वितरण गरिएको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङयाले बताए ।  निस्सा वितरण गरेसँगै  जग्गा खोजी गरेर केही महिनापछि जग्गा उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । 

निस्सा पाएपछि जग्गा पाउने आशाले भूमिहीन स्थानीय भने खुसी भएका छन् । राष्ट्रिय भूमि आयोग ताप्लेजुङ अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिकवाखोला गाउँपालिका दोस्रो भएको छ । गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्वासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको थियो । 

निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए। उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस