आठ अर्बको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आठ अर्बको विकास ऋणपत्र बेच्दै राष्ट्र बैंक


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।

कुल आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ। ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन्।

यही फागुन २९ गते अपराह्न बोलकबोल हुनेछ। ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक बराबर खरिद गर्न सकिनेछ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस