अब भारतीयले नेपालको फोन पेमार्फत क्युआर भुक्तानी गर्न पाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब भारतीयले नेपालको फोन पेमार्फत क्युआर भुक्तानी गर्न पाउने


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । अब नेपालमा आउने भारतीयहरूले क्युआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरूले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् ।

भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल-भारत क्रसबोर्डर कारोबार सुरु भएको जानकारी गराएका हुन् ।

भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो ।

सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्युआर कोडमा आधारित पर्सन-टु-मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा लाइएको दुई कम्पनीले जनाएका छन् । यसको अर्थ यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटेल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन् । तर, नेपालीले भने यस्तै सुविधा अहिल्यै भारतमा पाउने छैनन् ।

यो परिघटना दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारी रूपान्तरण भएको दुई कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस