शक्ति केन्द्रहरू सक्रिय छन्, तर गठबन्धन चारै वर्ष जान्छ : ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

शक्ति केन्द्रहरू सक्रिय छन्, तर गठबन्धन चारै वर्ष जान्छ : ओली


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सत्ता समीकरण चारै वर्ष टिकाउनुपर्ने निष्कर्ष सुनाएका छन् । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान बसेको सचिवालय बैठकमा यो गठबन्धन चारै वर्ष टिक्ने विश्वास समेत दिलाए ।

‘जटिल परिस्थिति भएकाले पार्टीमा सल्लाह गर्न सकिएन । तर हामीले पाएको सफलता ठूलो हो’ अध्यक्ष ओलीको ब्रिफिङ थियो । एक पदाधिकारी अनुसार, नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन तोड्न राम्रै मेहनत गर्नु परेको ओलीले बताएका थिए ।

नेकपा माओवादी केन्द्रलाई काँग्रेससँगै राख्न अनेक शक्ति केन्द्र लागेको ब्रिफिङ ओलीको थियो । ‘हामीसँग माओवादीको गठबन्धन नहोस् भनेर विभिन्न शक्ति केन्द्र लागेका थियो, अहिले सक्रिय छन्’, ओलीले भनेका छन् ।

तर ती शक्ति केन्द्रहरू आफै परास्त गर्ने गरी नयाँ गठबन्धन बनेको अध्यक्ष ओलीले बताए । ‘अब जो जतिसुकै लागे पनि हामी चार वर्ष यो गठबन्धनलाई टिकाउँछौ, त्यसमा अरु दलहरू पनि प्रतिबद्ध छ’, ओलीले भनेका थिए ।

माओवादी केन्द्रसहित दलहरूसँग साझेदारी गर्दै सत्ताको यात्रा अगाडि बढाउने निर्णय गर्ने गरी आजको बैठक बसेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस