सुदूरपश्चिममा लागुऔष तथा अपराध नियन्त्रणका लागि प्रोभेन्स इन्टेलिजेन्स टोली गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिममा लागुऔष तथा अपराध नियन्त्रणका लागि प्रोभेन्स इन्टेलिजेन्स टोली गठन


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टोली गठन गरेका छन् ।

डीआईजी केसीले ‘प्रोभेन्स इन्टेलिजेन्स टिम’ (पीआईटी)नाम दिएर छुट्टै टोली गठन गरेका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले बताए ।

यसअघि तत्कालीन डीआईजी भरतबहादुर बोहराले प्रदेश अनुसन्धान समूह (आरआईटी) गठन गरेका थिए । सोही पृष्ठभूमिमा अहिले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा पीआईटी गठन गरिएको जानकारी दिए ।

उक्त टोलीले प्रदेशका अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चोरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा काम गर्ने प्रवक्ता महर्जनलेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस