भेटियो बस दुर्घटनापछि त्रिशूलीमा बेपत्ता काँग्रेस नेता प्रकाश पाठकको शव  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भेटियो बस दुर्घटनापछि त्रिशूलीमा बेपत्ता काँग्रेस नेता प्रकाश पाठकको शव 


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ। रुपन्देहीको लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा बेपत्ता भएका नेपाली काँग्रेसका युवा नेता प्रकाश पाठकको शव बिहीबार दिउँसो फेला परेको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसको पुष्टि गर्दै पाठकको विषयमा सुनेको खबरले आफू स्तब्ध भएको जनाएका छन् ।

मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीस्थित सडकबाट त्रिशूली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए ।

प्रहरी र स्थानीयले अधिकांश घाइतेलाई सकुशल उद्धार गरेपनि पाठकसँगै हराइरहेका तीन यात्रुमध्ये प्रकाश पाठकको शव घटनास्थलभन्दा ७ किलोमिटर तल नदीमा फेला परेको जनाइएको छ । पाठकको शव आज अपराह्न पौने ४ बजे शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस