परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयाम बारेमा छलफल भएको जनाएको छ । चिनियाँ राजदूत छनले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा गहिरो र मैत्रीपूर्ण कुराकानी भएको जनाएका छन् ।

यसअघि आजै भारतीय राजदूत नवीन श्रीवास्तवले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालय पुगेर भेट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस