आयोगद्वारा मावि तह शिक्षक पदको परीक्षा केन्द्र सार्वजनिक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आयोगद्वारा मावि तह शिक्षक पदको परीक्षा केन्द्र सार्वजनिक


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला आयोगद्वारा प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ ।

आयोगले ३ चैतमा हुने लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।

आयोगले गत ८ पुसमा माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ४७५ रिक्त दरबन्दीको लागि विज्ञापन गरेको थियो । आयोगले माग गरेको दरबन्दीमा ४३ हजार ८८८ जनाको आवेदन परेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस