वीरगञ्जका मेयर सिंहविरुद्ध किटानी जाहेरी दर्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वीरगञ्जका मेयर सिंहविरुद्ध किटानी जाहेरी दर्ता


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जाहेरी दर्ता भएको छ ।

नागरिकता किर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डिएसपी कुमारविक्रम थापाले बताएका छन् । केही दिन अगाडि नै जाहेरी आएको आएको भएपनि बिहीबार (आज) मात्र मुद्दा दर्ता भएको डिएसपी थापाले बताए ।

गएको पुस अन्तिमतिर वीरगञ्जका मेयर सिंहले आफू नक्कली बाबु भनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर जाहेरी परेको प्रहरीले जनाएको छ ।

प्रशासनले १३ साउन २०७५ मा उनलाई नागरिकता जारी गरेको विवरणहरू सार्वजनिक भएका थिए । यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस