विष्णु पौडेलको दाबी : विगतका यथेष्ट अनुभवबाट बनेको गठबन्धन हो, अब दुर्घटना हुन्न « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विष्णु पौडेलको दाबी : विगतका यथेष्ट अनुभवबाट बनेको गठबन्धन हो, अब दुर्घटना हुन्न


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता गठबन्धन कुनै लेनदेन र स्वार्थको गठबन्धन नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै पौडेलले संविधानसम्मत सहयात्रा आफूहरूले गरेको उल्लेख गर्दै अब यो गठबन्धन दुर्घटनामा नपर्ने दाबी गरेका हुन् ।

‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन । यो स्प्रिङ जस्तो हुन्छ । हिजो जे भयो अहिले फेरि पनि त्यही होला भन्ने नसोच्नुहोला, ‘पौडेलले काँग्रेसप्रति लक्षित गर्दै भने, ‘यो स्वार्थको कुनै लेनदेनको सहकार्य होइन । जनताका आकांक्षा पुरा गर्ने सहयात्रा हो । यो विगतका अनुभवबाट यथेष्ट अनुभवबाट बनेको हो । यो दुर्घटना हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस