राप्रपालाई सरकारमा लिँदैनौँ भन्नुभएको छ, पर्सि नै खोज्ने दिन नआओस् : राजेन्द्र लिङ्देन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राप्रपालाई सरकारमा लिँदैनौँ भन्नुभएको छ, पर्सि नै खोज्ने दिन नआओस् : राजेन्द्र लिङ्देन


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले सरकारमा राप्रपालाई लिँदैनौँ भनेको विषयलाई नोटिसमा राखेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले सरकारमा नजाने भन्दा भन्दै जान खोजेजस्तो बनाएर भ्रम छरेको बताए।

उनले भने,‘कतिपय साथीहरूलाई भ्रम भयो राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो भन्ने । उसले पनि प्रयास गरेको भन्ने अर्थ लगाइयो। कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भनेर । त्यसलाई हामीले नोटिसमा राखेका छौँ। हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैन भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस्। तपाईँको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस्।’

Tags :
प्रतिक्रिया दिनुहोस