‘प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस्’ : रामहरि खतिवडा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘प्रधानमन्त्री खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस्’ : रामहरि खतिवडा


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङ्ग्य गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएको र अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् भन्दै प्रधानमन्त्री दाहाललाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहनुहोस् भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले भने,‘उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् । अहिले काँध फेर्ने कुरा आएको छ । काँध नफेरेर प्रधानमन्त्रीज्यू खुट्टा फेरिरहन तयार नुहुन्छ भने । फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’उनले प्रतिनिधिसभामा हराएको प्रधानमन्त्री भेटिएको भन्दै अब सरकारलाई जनताले पनि भेटेर सहकारी पीडितहरूले, सरकारी ठगहरूले, मिटरब्याजी पीडितले न्याय पाउन भन्ने शुभकामना दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस