प्रधानमन्त्री ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरे : काँग्रेस « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरे : काँग्रेस


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।

आज (बिहीबार) संसदीय दलको बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’ले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् । आजको बैठकले दाहाललाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी दिने निर्णय गरेको लेखकले बताए ।

उनले भने, ‘गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ । गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरूप नै अघि बढिरहेका थियौँ । तर ‘प्रचण्ड’ले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो । त्यो राजनीतिक बेइमानी हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस