संघीय संसद्का दुवै सदनको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघीय संसद्का दुवै सदनको बैठक बस्दै


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजका लागि संसद सचिवालयले आह्वान गरेको हो । 

नयाँबानेश्रस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधि सभा र दिउँसो १:१७ बजे राष्ट्रियसभाको बैठक सचिवालयले बोलाएको छ । यसअघि फागुन २१ गते  बोलाइएको बैठक स्थगन भएको थियो । 

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नयाँ मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने छन् । साथै महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची पनि उल्लेख छ । 

राष्ट्रियसभाको बैठकमा पनि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ । राष्ट्रिय सभा अध्यक्षको पदपूर्ति भैनसकेका कारण उपाध्यक्ष उर्मिला अर्यालले सदन सञ्चालन गर्नेछिन् । साथै, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । 

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने २१ गतेको सम्भावित कार्यसूचीलाई पनि दोहोर्‍याइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस