२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२३ आप्रवासीहरूका लागि सबैभन्दा घातक वर्ष : राष्ट्रसङ्घ

अ+ अ-

जेनेभा । सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा कम्तीमा आठ हजार पाँच सय ६५ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले बुधबार बताएको छ । एक दशकअघि सुरु गरिएका रेकर्डपछिको यस वर्ष सबैभन्दा घातक वर्ष बनेको छ । 

‘सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या सन् २०२२ को तुलनामा २० प्रतिशतको दुःखद वृद्धिलाई देखाउँछ, यसले जीवनको थप क्षतिलाई रोक्नका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ’, आइओएमले विज्ञप्तिमा भनेको छ । 

गत वर्षको कूल सङ्ख्याले सन् २०१६ को पछिल्लो रेकर्डलाई तोडेको छ । सन् २०१६ मा आप्रवासनका क्रममा आठ हजार ८४ जनाको मृत्यु भएको थियो । आइओएमका अनुसार सुरक्षित तथा नियमित बसाइँसराइ मार्ग सीमित भएकाले प्रत्येक वर्ष हजारौँ मानिस असुरक्षित परिस्थितिमा अनियमित मार्गबाट बसाइँसराइको प्रयास गर्छन् । 

भूमध्य सागर पार गर्न आप्रवासीहरूका लागि सबैभन्दा घातक मार्ग भएको छ । यसमा गत वर्ष कम्तीमा तीन हजार एक सय २९ जनाको मृत्यु र बेपत्ता रेकर्ड गरिएको छ । सन् २०२३ मा कूल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ । नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ । 

आइओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट सन् २०१४ मा आप्रवासीको मृत्यु र बेपत्ताका बारेमा एउटा ओपन-एक्सेस डेटाबेसका रूपमा स्थापना गरिएको थियो । त्यसबेलादेखि विश्वभरमा ६३ हजार मामिलालाई दस्तावेजीकरण गरिएको छ । यद्यपि विशेषरूपमा दुर्गम स्थानहरूमा डेटा सङ्ग्रहमा चुनौतीका कारण वास्तविक आँकडा अत्यन्त धेरै अनुमान गरिएको छ । 

‘मिसिङ माइग्रेन्ट्स प्रोजेक्टको १० वर्ष पूरा गर्दै गर्दा हामी सबैभन्दा पहिला ती सबै ज्यान गुमाएकालाई स्मरण गर्दछौँ’, आइओएमका उपमहानिर्देशक उगोजी डेनियलले भने, ‘तिनीहरूमध्ये प्रत्येक एउटा भयानाक मानवीय त्रासदी हो जुन आगामी वर्षहरूमा परिवार र समुदायमा प्रतिध्वनित भइरहनेछ ।’

प्रतिक्रिया दिनुहोस