काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम आफ्नो पार्टीले नगर्ने बताएका छन् ।
गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरूलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरूलाई पनि कानुन अनुसार कारवाही गर्न निर्देशन दिए ।
आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो बोकेर कोही आएमा जानकारी दिन भन्दै उनले त्यस्तो व्यक्तिलाई सिंहदरवार प्रवेशमै रोक लगाउने उनले बताए ।
उपप्रधानमन्त्री लामिछानेले सरकारी जग्गा हडप्नेहरूलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय पनि गरेका छन् ।
उनले न्याय माग्नलाई मन्त्री नै भेट्ने चलनको अन्त्य गर्ने घोषणा पनि गरेका छन् ।