ओलीले भने-स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओलीले भने-स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी रहेको बताएका छन् । बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा ओलीले ‘वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक स्थलको संरक्षण’ विषयक सम्मेलनलाई पनि सम्बोधन गरेका छन् ।

उक्त अवसरमा उनले सबै धर्मको सम्मान गर्ने राज्य बनाउने समेत उनले बताए । ओलीले नेपालमा बेदको रचना भएको, बुद्ध जन्मेको, राम र सीताको जन्म भएको र शिवपार्वतीको निवास भएकोले धार्मिक क्षेत्रको रूपमा परिचित भएको बताए । ‘नेपाल देव भूमि, ज्ञान भूमि, तपो भूमि, ध्यान भूमि र पुण्य भूमि हो,’ ओलीले भने, ‘यो शान्ति भूमिलाई खलबल्याउन खोज्ने तत्वबाट हामी सचेत बन्नुपर्छ ।’ पछिल्लो समय राजनीतिमा समेत धार्मिक समूह र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको उनको आरोप छ ।

सनातन धर्मको रक्षाका लागि काम गर्न सरकार र राज्य व्यवस्था तयार हुनुपर्ने ओलीको भनाइ छ । महायज्ञले विश्वकै शान्तिको कामना गरेको भन्दै महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यको प्रशंसा गरे । ‘स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट हामी सचेत हुन जरुरी छ,’ ओलीले भने, ‘मूर्ति चोरिए, उपदेश च्यातिए पनि सत्यकुरा टिकेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस