काँग्रेसका छ मन्त्रीले दिए राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसका छ मन्त्रीले दिए राजीनामा


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । बागमती प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट काँग्रेस अलग भएको हो ।

सत्ता समीकरणबाट बाहिरिँदै काँग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । काँग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

जसअनुसार कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस