टी-२० विश्वकपको तयारीका लागि ५ करोड बजेट विनियोजन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टी-२० विश्वकपको तयारीका लागि ५ करोड बजेट विनियोजन


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । टी-२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले ५ करोड बजेट विनियोजन गरेको छ।

आगामी जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगितामा सहभागिताको तयारीका लागि सरकारले ५ करोड उपलब्ध गराउन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

बजेट दिएको भन्दै क्यानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई आभार व्यक्त गरेको छ।

नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास क्यानले व्यक्त गरेको छ।

आगामी १ जुनदेखि २९ जुनसम्म हुने प्रतियोगितामा नेपालसहित २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस