नयाँ गठबन्धनबारे मधेशवादी दलसँग देउवाले गरे छलफल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नयाँ गठबन्धनबारे मधेशवादी दलसँग देउवाले गरे छलफल


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका हुन् ।

देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरू छलफलमा छन् ।

बैठकमा काँग्रेसका डा. शेखर कोइराला र गगन थापा पनि सहभागी छन् । तीनै अध्यक्षलाई फोन गरेर सभापति देउवाले भेट्न आग्रह गरेका थिए । उनीहरुबीच छलफल जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस