मोडिफाइ गरिएका मोटरसाइकल चलाउन निषेध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मोडिफाइ गरिएका मोटरसाइकल चलाउन निषेध


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । कास्कीमा स्वरूप फेरिएका मोटरसाइकल चलाउन निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार एक सूचना जारी गर्दै स्वरूप फेरेर मोटरसाइकल चलाए कारबाही गरिने जनाएको हो ।

‘स्वरूप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदूषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरू तथा संवेदनशील क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने गर्दछ,’ प्रहरीले सूचनामा भनेको छ ।

अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने ब्यहोरासमेत कास्की प्रहरीले सूचनामा मार्फत सचेत गराएको छ । कास्की प्रहरीले गत भदौ २५ गतेदेखि स्वरूप फेरिएका मोटरसाइकल नियन्त्रण लिने अभियान चलाएको थियो ।

प्रहरीले हालसम्म ६ सय ८१ वटा स्वरूप फेरेर चर्को ध्वनी प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिइसकेको छ ।

सम्बन्धित समाचार : ६८१ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

Tags :
प्रतिक्रिया दिनुहोस