६८१ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

६८१ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले ६८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । पोखरा वास्तविक स्वरूप फेरेर चर्को आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ पाँच गतेदेखि स्वरूप फेर्ने र ध्वनी प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रण गर्न सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हालसम्म ६८१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका मोटरसाइकलबाट ७ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

स्वरूप परिवर्तन गरेर होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोसमेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो ।

फागुन १७ देखि २० गतेसम्ममात्रै ५९ वटा मोटरसाइकल नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस