प्रतिपक्षी भूमिकामा बस्ने नाउपाको निर्णय « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रतिपक्षी भूमिकामा बस्ने नाउपाको निर्णय


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीय समितिको बैठकले आफूहरू अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिएका हुन् ।

चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए । आफूहरू केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उनले बताए । उनले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केही समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस