काँग्रेस संसदीय दलको बैठक आह्वान « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काँग्रेस संसदीय दलको बैठक आह्वान


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेपछि आगामी रणनीतिबारे छलफल गर्नको लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

भोलि बिहान ९ बजे संसद्को ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने छ ।

काँग्रेसको मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरे पनि अहिले ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न विपक्षी गठबन्धन बनाउन दौडधुप बढाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस