काठमाडौँ । कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समितिसमेत गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचार लगायतको विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।